
You are the Sound, the Voice, the Story…
And I will keep turning the page, honoring every moment, until I reach a future filled with peace, understanding, compassion, and renewal.

And I will keep turning the page, honoring every moment, until I reach a future filled with peace, understanding, compassion, and renewal.

Because sometimes, the most majestic flowers grow after the longest nights,

यो सत्तासङ्ग सत्त्व नसाट्नु
आफ्नो माटोमा आफैं उभिनु
पसिनाले भिजाइरहनु आफ्नो धर्ती
थामिरहनु आफ्नो जीवन
र याद राख्नु!
माटोमा रगत रोपेर गएकाहरु
बीउ हुन्
उम्रिन्छन् फेरि…..

खोला बस्तीमा आएको होईन
मान्छेहरु नै किनारामा बाँचीरहेका थिए
समाजमा बाँच्न यो जातले दिएन
किनारामा बाँच्न खोलाले
त्यसैले बगाइदियो अस्तित्व
खोलाले होइन
यो व्यवस्थाले
म बाध्यतामा वेश्या बनिरहेँ
रहरले पनि पुरूषलाई वेश्या हुन दिएन
तर, बाध्यताले मलाई नारी हुन दिएन
अब लाग्छ, रहरलाई होइन
बाध्यतालाई वेश्या भनिने रैछ ।
चुलो त कति निभ्यो तर आमाले जीवनको हिम्मत भने निभ्न दिनुभएन ।
मृत्युजस्तो जीवनको अन्तिम सत्यमा पनि सहारा दिने कोही नभएपछि बादीहरु खोला किनार खोज्दै बस्न थाले । पाउनु–गुमाउनु केही नभएका उनीहरुको जीवन खोला किनारामै सहज भयो । बहिष्करणले खोला किनारामा पुर्यायो बादीहरुलाई । किनारालाई सहारा बनाएका बादी आज पनि त्यहीँ छन् ।
चेतनास्तर निर्माण गरी सक्षम नागरिक बनाउने शिक्षाको पहुँचमा नभएका बादी महिलाहरूको आत्मसम्मनको जीवन कल्पनाबाहिर छ