संस्मरण : सिर्जनामा म

म आज नितान्त आफ्नै बारेमा लेख्न बस्दै छु । यद्यपि यसअघि लेखिएका लेख, रचनाहरू पनि कुनै न कुनै रूपमा मसँगै सम्बन्धित थिए । अलिकति अतीततिर फर्केर हेर्दा म सारै बुद्धु रहेछु । मेरो दिमाग सारै बोधो पनि थियो । हिसाबमा त म जिरो नै थिएँ भन्दा पनि हुन्छ । भन्न पनि मलाई कत्तिले यो सारै […]
संस्मरण : हैट गोविन्द सर !

‘विजयजी, अब हामीले दश वर्ष मज्जाले सहकार्य गर्नुपर्छ है ? त्यसपछि तपाईंहरूले फड्को मार्दै अगाडि बढ्ने । हामी बुढाखाडाले विश्राम लिने ।’ २०७९ सालको साउन ३० गते काठमाडौँबाट सिन्धुली जाँदा गोविन्द गजुरेल सरले भनेका ती शब्द मेरो कानमा निरन्तर गुञ्जिरहेको छ अहिलेसम्म पनि । गजुरेल सरको बारेमा खासमा उहाँको प्रशिक्षणकलाको बारेमा विनय कसजूबाट पटक पटक […]
संस्मरण : चङ्गा

दुई हजार असी सालको दसैँ आउन अब धेरै दिन बाँकी छैन । वर्षिनै आउँछ दसैँ तर पहिलेको जस्तो उत्साहपूर्ण र रोमाञ्चक हुन छाडेको दसैँ । दसैँको महत्त्व नघटे पनि एउटा कुरा चाहिँ पक्का हो कि दसैँ पहिलेको जस्तो रौनकमय र उल्लासमय नभएको सबैले महसुस गरिएकै हो । दसैँको विशेषता भनेको घरबाट टाढा टाढा अझ परदेशमा […]
संस्मरण : तीन वटा बचपने लडाइँ

पुर्खौं बसेको समय हो । म पाँच वर्षको थिएँ । हाम्रो घरदेखि लगभग पाँच सय मिटरमा खत्री कान्छाको घर थियो । उहाँको माइलो छोरो दीपक मेरो मिल्ने साथी थियो, त्यो समय । एक अर्काबिना हाम्रो दिन अस्ताउँदैनथ्यो । हामी धेरै मिल्ने । कहिलेकाहीँ दीपक बिहानीको रिमरिमे उज्यालोमा मेरो घर खेल्न आउँथ्यो । त्यो समयमा छुवाछुतको […]
प्रसिद्ध साहित्यकारसँगको सत्संग

म प्रज्ञा–प्रतिष्ठानमा पुग्दा बालचन्द्र शर्मा त छँदै थिए, सोमनाथ र लेखनाथ, बालकृष्ण सम र सिद्धिचरण, भवानी भिक्षु र माधव घिमिरेजस्ता दिग्गज स्रष्टा थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा बितिसके पनि पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह वाङ्देलको समुपस्थिति रह्यो । यी कतिपय स्रष्टा व्यक्तित्वसँग मेरो सम्बन्ध पारिवारिकजस्तै भयो । बालचन्द्र शर्मा ज्ञानका सागरजस्तै लाग्थ्यो । सम्झनाका क्षितिजमा (२०५९) […]
संस्मरण : फिका चिया

काठमाडौँ आफैमा रमणीय छ भन्ने कथन सुनेकै हो, बुझेकै हो । अनि पढेको पनि हो । तर जब जब काठमाडौँ जान्छु मैले धुलो, धुवा र ध्वनि प्रदूषण मात्र देख्छु । मैले रमणीय ठाउँ नदेखेर हो या काठमाडौँलाई रमणीय देख्ने-लेख्नेहरूले धुलो-धुवा नदेखेरै हो भगवान् जानुन् ! हुन त म चक्रपथ भन्दा बाहिर घुमेको पनि छैन । […]
Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!